निर्मलालाई न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन, केहि प्रर्दशनकारी पक्राउँ

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै एक युवाहरुको समूहले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गरेका छन् ।

न्यायका निम्ती प्रर्दशन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ । पक्राउ गरेकाहरुलाई महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा राखिएको छ ।

हत्यारा पत्ता लगाई दोषीमाथि कडा कारबाहीको माग राख्दै सरकारलाई दबाब दिने उद्देश्यले निरन्तर रुपमा देशैभर प्रर्दशन हुँदै आइरहेको छ।

म निर्मला लेखिएको पट्टी बाँधेका यूवाहरुको समूहले राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

केहि तस्विर :

प्रतिक्रिया दिनुहोस्
X
Type to search