निर्मलाकाे पोष्टर विवेकशील साझा र नयाँ शक्ति टाँस्दै, हिसिलाले गरिन पुष्टी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको काउन्टरमा निर्मला पन्तका पोष्टर राष्ट्रपति कार्यालयदेखि देशभर टाँस्निे होडवाजी चलेको छ । स्वतन्त्र ग्रुपका नाममा पोष्टर टाँसिरहेको सामाजिक सञ्जालबाट संदेश दिइएपनि विवेशशिल साझा पार्टी र नयाँ शक्ति नेपालका कार्यकर्ताले पोष्टर टाँसिरहेको हिसिला यामीले पुष्टी गरेकी छिन् ।

बिहीबार राष्ट्रपति कार्यालय अगाडी केही थान विवेशिल साझा र नयाँ शक्तिका कार्यकर्ताले प्रर्दशन गरिरहेका बेला पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईकी पत्नी हिसिला धनगढी पुगेकी थिइन । धनगढीमा उनले निर्मला पन्तका पोष्टर पोलहरुमा मात्र टाँसिनन् आफ्नै छातिमा लगाएर राजनीतिक रोटी पनि सेकेकी छिन् ।

‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मला पन्तको पोष्टर सुदुरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालयदेखि सडक पेटीमा टाँसिएको छ । टाँस्ने अभियानको अगुवाई यामीले गरेकी थिइन । राजधानी काठमाडौंमा कार्यकर्ता परिचालन गरेका विवेशशिल साझा र नयाँ शक्तिले नेताहरुलाई भने बाहिरी जिल्लामा खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search