‘मातृका हराएकाे छैन, व्यापारिकाे कब्जामा परेकाे मन्त्रालय जनताकाे बनाउन लागिपरेकाे छ’: मन्त्री यादव

वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले आपूर्ती मन्त्रालय नाम र काम दुवैले व्यापारिको भएकाले आफु त्यसलाई जनताको मन्त्रालय बनाउन लागिपरेको बताएका छन् । उनले एस काठमाडौंसँग कुराकानी गर्दै भने “मातृका कहाँ हरायाे भन्छन् तर म हराएकाे छैन त्यसका लागि नीतिगत रुपकै काम गरिरहेको छु ।”

सबैतिर व्यापारिको सिण्डिकेट छ । जनताको पहुँच छैन । बजार सरकारको नियन्त्रणभन्दा बाहिर छ । जनता बजार विग्रियो भनिरहेका छन् । तर बजारलाई अलिकति चलायो कि मात्रिकाले खालि मान्छे मात्रै थुन्छ भनेर खोइरो खन्छन् । नेताहरु नै त्यसको विरद्धमा आउछन् । मन्त्री यादवको भनाइ थियो ।

नुन चोरलाई घोक्र्याउँदै लगेर थुनिने तर सुन चोरहरु सहजै छुट्ने गरेको पनि बताए । ठूला ठूला जनतामारा छाडै हिडेका छन् । मिडिया क्षेत्रका केहि चोरहरु र केहि चोर नेताहरु मेरो विरुद्धमा लागेका छन् । उनले गुनासो गरे ।

मन्त्रालयको यो धमिलोलाई सङ्लो बनाउन एक्लै लाग्ने हो भने त्यसैमा ढुविले स्थिति भएकाले योजना बनाएर एउटा टिम नै त्यसमा लाग्नुपर्ने मन्त्री यादवको भनाइ थियो । अहिले भैरहेको मन्त्रालयको काम बाट जनतामात्रै होइन आफै पनि असन्तुष्ट रहेको उनले बताए । यदि सरकारको गविविधि यस्तै रहने हो भने यो सरकारबाट जनताका केहि अपेक्षा संवोधन नहुने मन्त्री यादवले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search