पुल्चाेकमा राजकीय भवन, भैंसेपाटीमा मन्त्री क्वाटर

काठमाडौं । सरकारले ललितपुरको भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरुका लागि  आवास गृह बनाउने निर्णय गरेकाे छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले  २७ वटा भवन निर्माणको निर्णय गरेको हो । यसैगरी प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि १४ वटा सम्पर्क कार्यालय पनि बनाइने भएकाे छ ।

हाल पुल्चोकमा रहेका मन्त्री निवासका १० वटा भवन भने राजकीय अतिथि भवन बनाइनेछ । यसका लागि जग्गा अभाव भएमा राष्ट्रिय पुस्तकालय छेवैमा रहेको सरकारी जग्गा समेत उपयोग गर्न सकिने सरकारले निर्णय गरेकाे छ ।

त्यसैगरी मन्त्रिपरिषद बैठकले नेपाल भारत एकीकृत भन्सार जाँच चौकी वीरगञ्जको स्थापना गर्दा विस्थापित भएर घरबारविहीन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रुपैयाँ र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search