पूर्व आईजीपी मोतीलाल बोहरालाई सर्वोच्च अदालतबाट सफाइ

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरालाई सफाइ दिएको छ ।

बिहीबार सर्वोच्च अदालतमा न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले विशेष अदालतको फैसलालाई उल्ट्याउँदै बोहरालाई सफाइ दिने फैसला गरेको हो ।

विशेष अदालतले २०६८ चैतमा बोहराको २६ लाख ८३ हजार ४ सय ८५ रुपैयाँ ७८ पैसा अवैध आम्दानी देखिएको भन्दै सो बराबरको बिगो जरिवाना र १ वर्ष कैद सजाय सुनाएको थियो ।

विशेष अदालतको फैसलाविरुद्ध बोहराले २०६९ मंसिर २९ गते सर्वोच्चमा पुनरावेदन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search