युवतीलाई अश्लिल तस्विर पठाउने चर्चित भारतीय गायक मीका सिंह पक्राउ

काठमाडौं । युवतीहरुलाई यौन दुरब्र्यबहार गरेको आरोप खेपिरहने चर्चित भारतीय गायक मीका सिंह यस्तै काण्डमा फेरी पक्राउ परेका छन् । ब्राजिलकी एक मोडललाई अश्लिल तस्विर पठाएको अभियोगमा उनलाई यूएई प्रहरीले पक्राउ गरेको हो । गल्फ न्यूजका अनुसार गायक मीका एक कार्यक्रममा भाग लिन यूएई पुगेका थिए । त्यहाँ भएको एक मध्यकालिन पार्टीबाट उनले ब्राजिलकी मोडललाई अश्लिल तस्विर पठाएका थिए । मोडलले यूएई प्रहरीमा उजुरी दिएपछि मीका पक्राउ परेका हुन् ।

मीकाले बलिउडमा काम दिलाइ दिने भन्दै अनुचित प्रस्ताव राखेको मोडलले आरोप लगाएकी छिन् । उनीमाथी यूएई प्रहरीले अनुसन्धान गरिरहेको छ । तर भारतीय राजदूति नवदीप सिंह पुरी बचाउमा लागेका छन् । मीकाले पनि भारत सरकारको सहयोग मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search