मोस्ट वान्टेड राजन लिम्बुमाथी प्रहरीले रातोपुलमा गोली चलायो

काठमाडौं । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका एक गुन्डा नाइकेलाई प्रहरीले गोली हानेको छ । काठमाडौंका रातोपुल नजिकै गुन्डा नाइके राजन लिम्बुलाई गोली हानेको प्रहरी स्रोतले बताएको छ । डकैती र गुन्डागर्दीमा संलग्न भएको भन्दै प्रहरीले उनलाई मोष्ट वान्टेडको सूचिमा राखेको थियो ।

महानगरीय अपराध महाशाखाको टोलीले लिम्बुमाथी गोली चलाएको छ । प्रहरीसँगको मुडभेडपछि उनीमाथी गोली हानिएको प्रहरीले जनाएको छ । उनी माथी डकैती र लुटपाटको आरोप लागेको थियो ।

प्रहरीले आफुहरुलाई पेस्तोल ताकेपछि गोली चलाएको बताएको छ भने लिम्बुसँगबाट एक थान पेस्तोल पनि बरामत गरेको छ । लिम्बु अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search