बुवा र ठुला बुवाको छोराले गरे हत्या, आमा घाईते

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा छोराले आफ्ना बुवा र ठुलाबुवाको हत्या गरेका छन् । आमा घाइते भएकी छन् ।

लम्कीचुहा नगरपालिका वडा नम्वर-४ बलिया गाउँका जहरीलाल चौधरीले बुवा चक्रा थारु र ठूलाबुवा पल्टु थारुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

आफूलाई नसोधी श्रीमतीलाई माइत पठाएको भन्दै जहरीलालले बुवा, ठुलोबुवा र आमालाई घरभित्रै थुनेर कुटपिट गरेका थिए ।

आमा द्धिलबाहादीदेवी चौधरी घाइते भएकी छन् । टाउको र बायाँ कानमा चोट लागेकी उनको लालरत्न अस्पताल लम्की मै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

जहरिलाललाई भने प्रहरीले पक्राउ गरिसकेका छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search