पूर्वमन्त्री बिक्रम पाण्डेबिरुद्ध २ अर्ब बढिको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बिक्रम पाण्डेबिरुद्ध २ अर्ब बढिको भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिक्टा सिँचाई आयोजनाको निर्माण कार्यमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले पाण्डेसहित २१ जना बिरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

शुक्रवार विशेष अदालत काठमाडौमा दायर भएको मुद्दा २ अर्ब भन्दा बढि भ्रष्टाचार भएको ठहर गरेको छ । सिक्टा सिँचाई आयोजना कालिका कन्स्ट्रक्सनले गरेको हो । कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे हुन भने आयोजना प्रमुखहरू सहदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की, रमेश बस्नेत, ९ जना सिडिई इन्जिनियर, सिँचाइ विभागका तीन इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशकसहित अन्य तीन इन्जिनियरमाथी मुद्दा दायर गरिएको छ ।
अख्तियारले २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ बराबर भ्रष्टाचार भएको ठहर गरेको छ । कालिकाका प्रबन्ध निर्देशक उद्धवराज चौलागाईविरूद्ध २ करोड ४० लाख ५५ हजार ८७२ रुपैयाँ बिगो मागिएको छ। अख्तियारले आयोजना प्रमुख सरोजचन्द्र भपण्डितलाई ५९ करोड ३४ लाख ५२ हजार ४९४ रुपैयाँ बिगो मागेको छ। आयोजना प्रमुख दिलीपबहादुर कार्कीविरूद्ध १ अर्ब ५६ करोड ८२ लाख ८३ हजार १९९ रुपैयाँ बिगो मागिएको छ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search