गरिबी र अशिक्षा नै मानव बेचबिखनको मुख्य कारण : महान्यायधिवक्ता खरेल

काठमाडौँ । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले नेपालमा गरीबी, अज्ञानता तथा अशिक्षा नै मानव बेचबिखनको मुख्य कारण भएको बताएका छन् ।

माइती नेपालले काठमाडौँमा आयोजना गरेको लैड्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार ” भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रममा बोल्दै महान्यायधिवक्ता खरेलले मानव बेचबिखनको अन्त्य गराउन देशका सबै सरकारी वकिललाई कडाइकासाथ कानूनअनुसार कार्यान्वयनमा ल्याउन निर्देशन गरिएको जानकारी गराए ।

उनले लोभ, लालच, धम्कीका कारण पीडितले अभियोग फिर्ता लिने गरेको दुःखेसो व्यक्तगर्दै मानव बेचबिखन सम्बन्धी परेका मुद्दामा अदालतले निरन्तर सुनुवाइ गर्नुपर्नेमा जोड दिए ।

अदालतले पटक/पटक मानव बेचबिखन गर्ने व्यक्तिलाई उपस्थित गराउन पत्रचार गरे पनि प्रहरीले उपस्थित नगराउने गरेको बताउँदै त्यस प्रकारका गतिविधिलाई अन्त्य गराउन प्रहरी प्रशासनलाई कडाइका साथ अघि बढ्न आग्रह समेत गरे ।

कार्यक्रममा अधिवक्ता अनिता थापाले १४६ जना मानव बेचबिखनमा परेका व्यक्तिसँग सोध तथा अनुसन्धान गरिएको तथा २४ वटा सर्वोच्च अदालतका मुद्दालाई विश्लेषण गरी अध्ययन गरिएको जानकारी गराइन् ।

उनले अध्ययनका क्रममा विशेषत अशिक्षा तथा रोजगारीको बहानामा मानव बेचबिखन हुने गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search