‘हामी कोमाका विरामी होइनौ, समृद्ध नेपाल निर्माणका सारथी हौ’-इन्जिनियर छविराज पोखरेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक सिंहदरवारमा सत्तारोहण गर्दा एउटा महत्वकांक्षी नारा दिए–समृद्ध नेपाल, सुखी नेपाली । प्रधानमन्त्रीको नाराले नेपाली नागरिकलाई आशावादी मात्र बनाएन, ‘सम्पन्न देशको सम्पन्न नागरिक’ बन्ने आकांक्षा पनि जगाईदियो ।

प्रधानमन्त्रीले सुन्दर नारा ल्याए, तर योजना र कार्यान्वयनको खाका सिंहदरवारबाट बाहिर ल्याउन नसकिरहेका बेला नेपाल इन्जिनियर्स एशोसिएशनको प्रगतिशिल समुहले ‘समृद्ध नेपाल’को सार्थक खाका बाहिर ल्याएको छ । प्रगतिशिल समुहले समृद्ध नेपाल र सक्षम इन्जिनियरका लागि ‘इन्जिनियर स्टाप कलेज’ को अबधारणा ल्याएको छ ।

‘इन्जिनियर सरकार र संस्थाको जागिरबाट रिटायर होला, तर पेशाबाट उ कहिलेपनि रिटायर हुन सक्दैन’ प्रगतिशिल समुहका महासचिव उम्मेद्धार छविराज पोखरेलले भने ‘पुरानाको अनुभव र नयाँ इन्जिनियरको जोशलाई फ्यूजन गर्नु नै स्टाप कलजेको मुल उदेश्य हो । अनुभव र जोशलाई मिलाउने हो भने समृद्ध देश बनाउने सूत्र निस्किन्छ ।’ समृद्ध देश निर्माणका लागि नयाँ र पुराना इन्जिनियरको क्षमतालाई सदुपयोग गर्न इन्जिनियर स्टाप कलेजेको परिकल्पना गरेको पोखरेलले बताए ।

प्रगतिशिल समुहले सारेको समृद्धिको योजनामा प्रधानमन्त्रीदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट समेत प्रभावित भएका छन् । ‘हामीले प्रधानमन्त्री र श्रममन्त्रीज्युसँग आफ्ना कुरा राखेका छौ, आउँदो बजेट अधिबेशनसम्म सम्बोधन गर्ने र इन्जिनियर ऐन निर्माण गर्ने कुरामा उहाँहरु सहमत हुनुहुन्छ ।’

यतिबेला राजधानी काठमाडौंमा १७ हजार इन्जिनियर क्याम्पियन भएका छन् । इन्जिनियर्स एशोसिएशन ३२ औं महाधिबेशनको संघारमा छ । ३२ बर्षअघिदेखि अस्थित्वमा रहेको एशोसिएशन २९ बर्ष ‘कोमाको विरामी जस्तै’ थियो । इन्जिनियरहरुको हक हित र पेशालाई पर्यादित बनाउन यो संस्था स्थापित गरिएको हो । तर न इन्जिनियरको हित भयो न पेशाको संरक्षण ।

इन्जिनियरहरुको भौतिक र पेशागत सुरक्षाको योजना पनि प्रगतिशिल समुहले अघि सारेको छ । ‘इन्जिनियर एउटा बौद्धिक पेशा हो, जसले जति दियो, त्यति श्रमको मुल्य लिने पेशा होइन’ महासचिवका उम्मेद्धार पोखरेलले भने ‘इन्जिनियरहरुलाई निजामति कर्मचारीको सातौ तहभन्दा तल राख्ने र श्रमको मुल्य त्यो भन्दा कम दिने चलनको अब अन्त्य गछौ ।’ इन्जिनियरहरुको पारिश्रमिक राज्यले नै तोक्नु पर्ने उनीहरुको माग छ । प्रधानमन्त्री र श्रममन्त्रीसँग छलफल भइरहेको पोखरेलले बताए ।

इन्जिनियरहरुको भौतिक सुरक्षाका लागि जीवन विमा, पेशागत सुरक्षाका लागि परिवारलाई रोजगार बनाउने उदेश्य प्रगतिशील समुहले लिएको छ ।(जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडका सीइओसमेत रहेका छविराज पोख्रेल नेपाल इन्जिनियर्स एसोसिएसनको प्रगतिशील तर्फका महासचिव पदका उम्मेदवार हुन् ।)

प्रतिक्रिया दिनुहोस्
X
Type to search