साँच्चिकै अभिभावक बने मुख्यमन्त्री शंकर पोखरेल

काठमाडौं । डरलाग्दो दाङको राम्री दुर्घटनापछि मृतक र घाइतेका परिवार निकै पिडामा छन् । दुर्घटनापछि कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्सिच्युडदेखि जुम्लासम्म शोकमा डुब्यो । कलिला आफ्ना बालकालिका गुमाएका परिवार र घाइतेका बिद्यार्थीका परिवारले यतिबेला ‘संकटका अभिभावक’ फेला पारेका छन् ।शुक्रवार सल्यानबाट दाङतर्फ आउँदै गरेको कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्सिच्युडको गाडी दुर्घटनाको खवर पाएदेखि बेचैन छन् ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल । मुख्यमन्त्री पोखरेल यतिबेला दुखमा परेका अभिभावक र घाइतेका लागि साँच्चिकै अभिभावक बनेका छन् । घाइतेलाई घटनास्थलदेखि दाङ र दाङ अस्पतालदेखि वीर अस्पतालको ट्रमा सेन्टरसम्म अभिभावकका रुपमा मुख्यमन्त्री पोखरेल सक्रिय बनेका छन् ।

प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार मुख्यमत्री पोखरेल सोमवार पनि घाइते बिद्यार्थीको अबस्था बुझन ट्रमा सेन्टर पुगे । उनीहरुको स्वास्थ्य अबस्थाका बारेमा डाक्टरहरुसँग परामर्स गरेर विरामीसँग भेटघाट गरे । ट्रमा सेन्टरमा १२ जना घाइते बिद्यार्थीले उपचार गराइरहेका छन् । दाङबाट तत्कालै हेलिकप्टरको ब्यवस्था गरी मुख्यमन्त्री पोखरेलले घाइतेहरुलाई काठमाडौ ल्याएका थिए । ट्रमा सेन्टरमा ६ जनाको हाल उपचार भइरहेको छ भने, ६ जना डिस्चार्ज भइसकेका छन् । ति मध्ये तीन जनालाई आइसीयूमा राखेर उपचार भइरहेको छ । मुख्यमन्त्रीलाई अस्पतालमा देखेपछि घाइतेका परिवारले अभिभावकको महसुस गरेका छन् ।राम्री दुर्घटना भएलगतै मुख्यमन्त्री पोखरेलले विभिन्न जिल्लामा शवहरु पठाएका थिए । हेलिकप्टर नै ब्यवस्था गरेर परिवारजनलाई शव बुझाइएको थियो भने बिद्यार्थीका परिवारजनलाई टेलिफोन गरेर समवेदना पनि दिएका थिए ।

बारम्वार दुर्घटना हुन थालेपछि मुख्यमन्त्री पोखरेलले तत्कालै छानविन समिति पनि बनाएका छन् । प्रदेश प्रहरी कार्यालयका एसएसपी नरबहादुर खत्रीको संयोजकत्वमा छानविन समिति बनाइएको छ । छानविन समितिले आफ्नो काम पनि थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search