कुन व्यवस्था राेज्ने : उदयमान समाजवाद कि अस्ताउँदाे पुँजीवाद ?

नेपालमा यो वा त्यो अर्थमा समाजवादबारे बहस तातिरहेको छ । देशमा बामपन्थीहरुकाे बहुमतकाे सरकार छ । याे इतिहासकै पहिलाे सरकार पनि हाे । सरकारले समृद्ध नेपाल र सुखी नेपालीकाे नारा बाेकेर जनतालाई समृद्धिकाे सपना बाढिरहेकाे छ । यही समयमा समाजवादी अध्ययन प्रतिष्ठानले कस्ताे समाजवाद र किन समाजवाद भन्नेबारे बहसकाे सुरुवात गरेकाे छ ।

 

 

संसारमा पुँजीवाद संकटमा परेकाले समाजवाद अनिवार्य सामाजिक व्यवस्था बनेकाे तर्क छ समाजवाद अध्ययन प्रतिष्ठानका नेतृत्व गरिरहेका वैचारिक नेता रामदिप आचार्यकाे । सत्तारुढ नेकपाकाे केन्द्रीय सदस्यसमेत रहेका आचार्यकाे  नेपालमा समाजवादका लागि अनुकुल वातावरण बनेकाले विश्वलाई नै नयाँ सन्देश दिने अवसर भएकाले सबै समाजवादीहरुले गंभिर भएर बहसमा सहभागी हुनपर्ने मत रहेकाे छ ।

संसारमा पुँजीवाद संकटमा परेकाले समाजवाद अनिवार्य सामाजिक व्यवस्था बनेकाे तर्क छ समाजवाद अध्ययन प्रतिष्ठानका नेतृत्व गरिरहेका वैचारिक नेता रामदिप आचार्यकाे । नेपालमा समाजवादका लागि अनुकुल वातावरण बनेकाले विश्वलाई नै नयाँ सन्देश दिने अवसर भएकाले सबै समाजवादीहरुले गंभिर भएर बहसमा सहभागी हुनपर्ने आचार्यले बताए ।

कसैले समाजवाद मानव समाजका लागि नभै नहुने व्यवस्थाको रुपमा बहस गरिरहेका छन् । कसैले समाजवाद वाइयात कुरो हो, कम्युनिस्टहरुको बकवास हो भनेर बहस गरिरहेका छन् । तर समाजवादको पक्षमा सकारात्क सोच राखेर बहस पैरवी गर्नेहरुका लागि यो प्रश्न खडा भएको छ के माक्र्स-एंगेल्सले परिकल्पना गरेको जस्तै प्रक्रिया र विधिबाट समाजवादी व्यवस्था आउन सक्छ त ? अधिकांश माक्र्सवादी अध्यताहरु र कम्युनिस्ट नेताहरु पुरानै तरिका वरिपरि रहेर समाजवाद ल्याउने कसरत र बहस पैरवि गरिहरहेका छन् ।  यही समयमा बदलिँदाे दुँनियालाई नेतृत्व गर्न सक्ने समाजवादी विचारधारकाे विकास गर्नु आवश्यक ठानेर समाजवादबारे बहस र अध्ययन अनुसन्धानकाे सुरुवात गरेकाे आचार्य बताउछन् ।

नेता आचार्यकाे विचारमा  अस्ताउँदाे  पुँजीवादकाे पक्षमा उभिने कि उदयमान समाजवादकाे पक्षामा उभिने भन्ने यक्ष प्रश्न हरेक नेपालीका अगाडि खडा भएकाे र समाजवादकाे पक्षमा उभिनुकाे विकल्प नभएकाे धारणा छ ।

बीसौँ सताब्दीमा प्रयाेग भएकाे समाजवादका सकारात्मक र नकरात्मक अनुभवबाट सिक्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्न लागेको उनलेकाे भनाई छ । संसारभर समाजवादको एउटै मोडेल हुन्छ ? या अनेकन मोडेलहरु छन् ? समाजवाद स्वतः स्थापित हुने राजनीतिक प्रणाली हो कि योजनावद्ध रुपमा स्थापित गर्नुपर्छ ? नेपाली मौलिकताका समाजवादका विशेषताहरु के हुन् ? यिनै प्रश्नहरुको केन्द्रमा रहेर समाजवाद अध्ययन प्रतिष्ठानले वैचारिक, राजनैतिक, दार्शनिक र आर्थिक सवालमा बहस गरिरहेकाे छ ।

बीसौँ सताब्दीमा प्रयाेग भएकाे समाजवादका सकारात्मक र नकरात्मक अनुभवबाट सिक्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्न लागेको उनलेकाे भनाई छ । संसारभर समाजवादको एउटै मोडेल हुन्छ ? या अनेकन मोडेलहरु छन् ? समाजवाद स्वतः स्थापित हुने राजनीतिक प्रणाली हो कि योजनावद्ध रुपमा स्थापित गर्नुपर्छ ? नेपाली मौलिकताका समाजवादका विशेषताहरु के हुन् ? यिनै प्रश्नहरुको केन्द्रमा रहेर समाजवाद अध्ययन प्रतिष्ठानले वैचारिक, राजनैतिक, दार्शनिक र आर्थिक सवालमा बहस गरिरहेकाे छ ।

‘हाम्रा अगाडि समाजवाद निर्माणको ऐतिहासिक जिम्दारी छ । याे जिम्मेवारी बाट हामी युवाहरु भाग्न मिल्दैन । अवसर र चुनौतिको मोडमा नेपाली विशेषताको समाजवाद निर्माण गर्न सहभागी बनौँ !’ नेता आचार्यकाे सार्वजनिक अपिल छ  । उनी भन्छन् ‘तपाईका अगाडि दुई विकल्प छ – कुन व्यवस्था राेज्ने : उदायमान समाजवाद कि अस्ताउँदाे पुँजीवाद ?’ तपाई जता लाग्नुस विजय समाजवाद कै हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्
X
Type to search