दुर्गन्धित पुँजीवादकाे विकल्पमा समाजवाद

लेखक : रामप्रसाद खनाल

नेपालको संविधानले प्रारम्भमै समाजवाद उन्मुख समाजको परिकल्पना गरेको छ । राजावादी पार्टीलाई छाडेर समाजवादी राजनीति सबै राजनीतिक दलहरुकाे सवाल बनेकाे छ ।

समाजवादका दुई धारा

नेपालमा माेटाे रुपमा हेर्दा समाजवादका दुई मुख्य खेमा देखिन्छ । का‌ंग्रेसीहरुकाे प्रजातान्त्रिक समाजवाद र कम्युनिस्टहरुकाे वैज्ञानिक समाजवाद । केही समय अगाडि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले पुस्तकै लेखेर प्रजातान्त्रिक समाजवाद नै सहि भएकाे दावी गर्न भ्याए । त्यती मात्रै हाेइन उनले वैज्ञानिक समाजवाद असफल भएकाे घाेषणासमेत गरे । लाजै नमानि कांग्रेसकै कारण संविधानमा समाजवाद लेखिएकाे भनेर स्वामित्व लिने प्रयत्न गरे । उनले याे पनि भने स‌ंविधानमा लेखिएकाे समाजवाद कम्युनिस्ट समाजवाद नभएर कांग्रेसी समाजवाद हाे भनेर आफ्ना कार्यकर्तालाई नझुक्किन आग्रह गरे ।

केही समय अगाडि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले पुस्तकै लेखेर प्रजातान्त्रिक समाजवाद नै सहि भएकाे दावी गर्न भ्याए । त्यती मात्रै हाेइन उनले वैज्ञानिक समाजवाद असफल भएकाे घाेषणासमेत गरे । लाजै नमानि कांग्रेसकै कारण संविधानमा समाजवाद लेखिएकाे भनेर स्वामित्व लिने प्रयत्न गरे । उनले याे पनि भने स‌ंविधानमा लेखिएकाे समाजवाद कम्युनिस्ट समाजवाद नभएर कांग्रेसी समाजवाद हाे भनेर आफ्ना कार्यकर्तालाई नझुक्किन आग्रह गरे ।

का‌ंग्रेसले विगतमा समाजवादका लागि कति याेगदान गर्‍याे  त्यस विषयमा अलगै बहस गराैंला । याे विषयमा धेरै बहस गर्नुपर्छ जस्ताे पनि लाग्दैन । इतिहाले नै धेरै कुरा बताउछ । तर, रामचन्द्र पाैडेलकाे यी भनाइले अब भने कांग्रेस पनि समाजवाद विराेधी राजनीति गरेर अगाडि बढ्न सकिदैन भन्ने ठाउँमा पुगेकाे देखाउछ । त्यसकारण समाजवाद नेपाली राजनीतिकाे मुलधार बनेकाे छ ।

समाजवादकाे माेटाे रुपमा यी नै दुई धार भएपनि बदलिँदाे दुँनियाकाे नेतृत्व गर्ने समाजवादकाे माेडल कस्तो हुन्छ भन्नेबारे भने निकै विवाद छ । चर्को बहस छ । कम्युनिस्ट विचारधारलाई आफ्नो पार्टीको पथपर्दसक सिद्धान्त मान्नेहरुबीच पनि आज नेपालमा समाजवाद सम्बन्धी मतभेद देखिन्छ । एक अर्कामा आरोप-प्रत्यारोप छ ।

किन समाजवाद

हामी अहिले भूमण्डलीकृत र एकीकृत पुँजवादी सामाजिक व्यवस्थामा छाै‌ं । याे स‌ंकटग्रस्त छ । विकृतिले गन्हाउन थालेकाे छ । यसले मानवकाे मूल्यलाई पैसासँग साटिरहेकाे छ । अब पुँजीवाद मानवकाे अहितकारी बन्दै गएकाे छ । मानवता विराेधी बन्दै गएकाे छ । त्यसकारण मानवता जाेगाउनका लागि पनि पुँजीवादी व्यवस्थाकाे ठाउँमा समाजवादी व्यवस्था अनिवार्य बनेकाे छ । अब याे विकृत पुँजीवादले मानव समाज र सभ्यताकाे रक्षा गर्न सक्दैन । त्यसकारण समाजवादी सामाजिक व्यवस्था आवश्यक बनेकाे छ ।

 

समाजवाद नेपाली समाजको मात्रै नभएर विश्व समुदायकै लागि बहसको विषय बनेको छ। पूँजीवादमा देखा परेका मानवीय समस्याहरुका कारण पनि समाजवाद अनिवार्य व्यवस्था बन्न गएको छ । समाजवाद अब बामपन्थीको मात्र सरोकारको विषय नभै गैरबामपन्थी खेमाका लागि पनि चासो विषय बन्न गएको छ ।

आज हामी यस्तो दुँनियामा छौं, जुन विगत केहि दशक उताको भन्दा गुणात्मक रुपमै भिन्न छ । कुनै पनि समाज व्यवस्था उत्पादक शक्ति र उत्पादन सम्बन्धको योग हो । यी दुई तत्वहरुमा अन्तर आउन थालेपछि पुरानो व्यवस्था धेरै समय टिक्न नसक्ने इतिहासबाट प्रमाणित भैसकेको छ । विगतमा त पुँजीवाद पनि थिएन । दुँनियामा विगतमा भएका विशाल साम्राज्यहरु ढलेका छन् । त्यसको पछाडि उत्पादक शक्तिको मुख्य भूमिका थियो । अहिले पुँजीवादी व्यवस्था राज गरिरहेको छ । पुँजीवादी व्यवस्थाको मुख्य उत्पादक शक्ति पुँजी हो । तर अहिले सबैभन्दा शक्तिशाली त्यो हुन्छ जोसँग प्रविधि छ । पुँजी त प्रविधिको दास बनिरहेको छ । त्यसकारा समाजवाद अनिवार्य बनेर आएको छ । मानव श्रमबाट असंभव लाग्ने कामहरु प्रविधिबाट संभव हुँदै गएको छ । विज्ञान प्रविधिले समाजवादी व्यवथाका लागि वस्तुगत आधार तयार पारिदिएको छ ।

यस्तो विश्व परिवेशमा नेपालमा चलेको समाजवादी समृद्धिको सपना पनि विज्ञान प्रविधिको प्रचुर मात्रामा उपयोग नगरि पुरा हुनसक्दैन । तर सरकारको कार्यक्रममा विज्ञान प्रविधि कमै प्राथमिकतामा परेको छ । जब विज्ञान प्रविधिको विषय पहिलो प्राथमिकता पर्दैन समृद्धिको सपना विपनामा फेरिन सक्दैन । हामी विश्वको तुलनामा त्यसैपनि एक सताब्दी पछाडि परिसकेका छौं ।

नेपालको राजनीतिक इतिहासमै पहिलो पटक थुप्रै कमजोरीसहित समाजवादका लागि संघर्ष गर्ने बामपन्थी पार्टीको बलियो बहुमतको सरकार छ । त्यसकारण पनि नेपालमा समाजवाद प्राथमिकताको विषय बनेको छ । त्यसका लागि नेपाली परिवेश सुहाउँदो समाजवादी विचाधारामाथि अनुसन्धानात्मक रुपमा काम गर्न आवश्यक छ । र, सँगसँगै समाजवादी स्वरुपको समाजिक आधार तयार पार्दै जान जरुरी छ । यी दुवै काम अलग अलग नभै एकसाथ गर्नुपर्ने काम हुन् । हामीले देशलाई यस्तै गरिबीमा राखेर समाजवादी बहस गर्नुको कुनै अर्थ छैन् । विकास र समृद्धिका नयाँ संभावनाहरु दृढताका साथ पहिल्याउनै पर्दछ ।हामीले समाजवाद निर्माणको उद्देश्यबाट अलिकता पनि नचिप्लीकन अनवरत अगाडि बड्न पनि जरुरी छ ।

यो यात्रामा हिड्दै गर्दा आउने पेचिला प्रश्नहरुको हामीले धैर्यतापूर्ण र साहसपूर्ण सामना गर्नैपर्ने छ । परिवर्तनका विरोधि शक्तिले समाजवादका विरुद्धका फैलाएका भ्रमहरुलाई अब भाषणले मात्र ति।चर्न सकिदैन । त्यसका लागि समाजवादी विकासको राम्रो मोडल प्रस्तुत गर्ने वेला पनि यही हो । बाम सरकारले र नेकपाले एकसाथ काम गरेरै जनताको विश्वास जित्नुको विकल्प छैन् । समाजवा रक्षा, प्रयोग र विकास गर्दै सगरमाथाको शिखरमा समाजवाद झण्डा गाडेर सिंगो मानवजातिलाई नयाँ युगको सन्देश दिन सक्ने अवसर हाम्रा अगाडि आएको छ ।

कस्तो समाजवाद

सामाजिक न्यायसहितको समाजवाद । सामाजिक सचेतनासहितको समाजवाद । वैज्ञानिक विचार, सँस्कृति र व्यवस्थासहितको समाजवाद । समानता र समुदायिक हित गर्ने समाजवाद । कुरामा मात्रै होइन व्यवस्थामै समाजवाद । नेपाली मौलिकतामा आधारित विवेदरहित, विवेकसहितको समाजवाद । सयौं फुलहरु कुनै बाधा वेबधान विनै स्वतन्त्र रुपमा फुल्नसक्ने समाजवाद । तर यस्तो सामाजिक व्यवस्था अहिलेको पुरातनवादले जकडिएको सामाजिक संरचनाको पुरै अप्रेसन नगरि आउँन सक्दैन । हरेक परिवर्तन र प्रगतिको बाधक संरचनामा उलटपुलट नल्याइकन यो समाज आउँदैन । त्यसका लागि नेपाली विशेषतासहितको समाजवाद निर्माणको लागि चौतर्फी विचारको विकास जरुरी छ । विद्यालयहरुमै अनिवार्य समाजवादी मान्छे निर्माणको योजन बाम सरकारले ल्याउन ढिला गर्न हुँदैन । अन्यथा समाजवादको समपान फगत सपना मात्रै हुनेछ । विकास र समृद्धि एकादेशको कथाजस्तै हुने छ ।

सामाजिक न्यायसहितको समाजवाद । सामाजिक सचेतनासहितको समाजवाद । वैज्ञानिक विचार, सँस्कृति र व्यवस्थासहितको समाजवाद । समानता र समुदायिक हित गर्ने समाजवाद । कुरामा मात्रै होइन व्यवस्थामै समाजवाद । नेपाली मौलिकतामा आधारित विवेदरहित, विवेकसहितको समाजवाद । सयौं फुलहरु कुनै बाधा वेबधान विनै स्वतन्त्र रुपमा फुल्नसक्ने समाजवाद ।

जनताले यो सरकारबाट सुशासन र विकासको धेरै आशा गरेका छन् । तर सरकारको ९ महिनाको कार्यकाल हेर्दा जनता निराश बन्दै गएको छ । सरकारले कामको गति नबढाउने हो भने देश समृद्धिको यात्रामा हिढ्ने सक्ने देखिएको छैन । सरकार र पार्टीको सयुक्त योजनाविना वर्तमान नेपालनको नियतिलाई फेर्न सकिँदैन । यो कुरा बामपन्थी नेता तथा कार्यकर्ता सवैले आत्मसाथ गर्नु पर्दछ । आउँनुस् अब हामी युवाहरु खराे रुपमा वैज्ञानिक समाजवादकाे बहसमा जुटाैं । याे युग हाम्रै हाे । हामीलाई आफ्नाे युगकाे कार्यभारबाट भाग्ने छुट अवश्य छैन ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search