त्रिभुवन विश्वविद्यालयद्धारा विभिन्न तह र विषयको नतिजा सार्वजनिक

काठमाडाैँ ।  त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय, बल्खुले स्नातकोत्तर तह रसायन शास्त्र विषय दोश्रो वर्ष तेस्रो शत्रको आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले गत मंसिरमा लिएको स्नातकोत्तर तह रसायन शास्त्र विषय दोश्रो वर्ष तेश्रो शत्र २०७२ समूहको नियमित परीक्षा दिई दुई विषय सम्म अनुत्तिर्ण हुने विद्यार्थीहरुको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखाले सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ् सिष्टम अनुसार २०७५ साल असोज महिनामा सञ्चालन गरेको स्नातकोत्तर तह जल तथा मौसम विज्ञान विषय प्रथम वर्ष प्रथम शत्र २०७४ समूहको नियमित परीक्षाको परीक्षाफल पनि सार्वजनिक गरेको छ ।

नतिजा सहित यस विषयमा पूर्ण विवरण त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको तलको नतिजामा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
X
Type to search