समृद्ध नेपाल निर्माणका लागि शिक्षामा आमूल परिवर्तन गर्नुपर्छ : चाैलागाईं

रामेछाप । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता युवराज चाैलाईले समृद्ध नेपाल निर्माणका लागि शिक्षामा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले वर्तमान सरकार शिक्षाकाे आमूल परिवर्तन गर्न लागिपरिरहेकाे पनि बताए ।

रामेछापकाे सुनापती गाउँपालिका–१ गुन्सी भदाैरेस्थित शतलिङ्गेश्वर माविकाे ६२ औं वार्षिक उत्सवकाे अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै नेता चाैंलागाईंले गाउँपालिकाले याेजना बनाएर सबै विद्यालयमा प्राविधिक शिक्षाकाे सुरुवात गर्नुपर्ने पनि धारणा राखेका थिए । 

त्यसै विद्यालयमा कक्षा दशसम्मकाे शिक्षा ग्रहण गरेका प्रभावशाली युवा नेता चाैलागाईंले भने “ती किसान जसले खेति, पशुपालनकाे युगमा पनि जग्गा र रकम दिएर याे विद्यालय स्थापना गरे । उहाँप्रति अभिन्दन गर्दछु ।”

त्यसै कार्यक्रममा बाेल्दै प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आफु रामेछापकाे विकासका लागि प्रतिवद्ध रहेकाे वताए ।

‘मलाई रामेछापका जनताले जिताएर सांसददेखि मन्त्रीसम्म बनाउनुभएको छ, म बिहान बेलुका नै रामेछापवासीको सेवा गर्न तयार छु ।’ मन्त्री ढुंगेलले सामुदायिक क्याम्पसहरुको सुधारको लागि सरकारले कार्यक्रम अगाडि बढाएको बताउदै शतलिङगेश्वर माविको स्तरउन्नती गर्ने कार्यमा पनि आफूले भूमिका खेल्ने प्रतिबद्धता  जनाए ।

सुनापती गाउँपालिका–१ गुन्सीका वडा अध्यक्ष चण्डेश्वर चौलागाईको सभापतित्वमा भएको कार्यक्रममा सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, प्रदेश कमिटीका सदस्य टंकलाल घिसिङ ‘टकल’, तुलाप्रसाद कडेल, सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट, सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्क घिसिङ, सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search