वाइडबडीका भ्रष्टाचारीलाई कारवाही नगरे कात्रो बोकेर सिंहदरवार जान्छौ

काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणको भ्रष्टाचारमा मुछिएका नेता र कर्मचारीलाई तत्काल कारवाही नगरे कात्रो बोकेर सिंहदरवार छिर्ने विप्लव नेकपाको अखिल क्रान्तिकारीले चेतावनी दिएको छ ।

कम्युनिष्टका नाममा भ्रष्टाचार गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका बिद्यार्थी अध्यक्ष चिरञ्जिबी ढकालले भ्रष्टहरुलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेका छन् । भ्रष्टहरुलाई कारवाही नगरे सरकारलाई नै भ्रष्ट सरकारको संज्ञा दिने बताए । वाइडबडी भ्रष्टाचारमा मुछिएका मन्त्री र कर्मचारीलाई ओली सरकारले तत्काल कारवाही गरोस्, कारवाही गरेन भने कात्रो बोकेर हामी सिंहदरवार छिर्छाै, ढकालले भने कम्युनिष्टका नाममा बद्नामी भयो ।

बद्नाम कम्यूनिष्टले सञ्चालन गरेको व्यवस्था फल्न युवा र विद्यार्थीहरु कात्रो लिएर सिंहदरबार छिर्ने बताए । वाइडबडी खरिद प्रकरणको काठमाडौंमा विरोध रयाली गरिएको थियो । विरोध कार्यक्रममा उनीहरुले मानव बम बन्न पनि तयार रहेको चेतावी दिएका छन् । महासचिव प्रकाश शाहीले लेखा समितिले पेश गरेको प्रतिवेदनलाई ओझेलमा पार्न सरकारले अर्काे छानविन समिति बनाएको आरोप पनि लगाए । सरकार भ्रष्टाचारको खति गरिरहेको भन्दै उनले नैतिकताका आधारमा तत्काल राजीनामा दिन मन्त्रीहरुर्ला आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search