गहिरो समर लभमा अभिनेत्री नम्रता सापकोटा

काठमाडौं । ‘यो बाजेको त छैन की क्या हो ? दिल भनेको दिल ।’ यस्तै नेपाली डाइलगबाट चर्चित बनेकी नम्रता सापकोटा यतिबेला समर लभमा लिप्त छिन् । पछिल्लो समय नेपाली चलचित्रमा सफल नायिका नम्रता कुनै ब्यक्तिसँगको लभमा भने परेकी होइनन् । एक उपन्यासको पात्र बन्दै समर लभमा परेकी हुन् ।

सुबिन भट्टराईको चर्चित उपन्यास समर लभमा आधारित फिल्म निर्माण भएको छ । आगमी माघ २५ गतेदेखि प्रर्दशनमा आउना लागेको समर लभको प्रचारमा उनी ब्यस्त भएकी छिन् । फिल्मको ट्रेलरमा सार्वजनिक भइसकेको छ । ट्रेलरमा अतित र सायाको मिलन बिछोड देखाइएको छ ।
आशिष पिया र रेवती क्षेत्रीसँगै अभिनेत्री नम्रता सापकोटाले मुख्य भूमिका खेलेकी छिन् । फिल्ममा अतितको भूमिकामा आशिष, सायाको भूमिकामा रेवती प्रस्तुत भएकी छिन् भने अभिनेत्री नम्रता सापकोटाले सुष्मिताको भूमिका निर्वाह गरेकी छिन् ।
नम्रताको रुपसँगै अभिनय परि खारिएको छ । नेपालका सफल चलचित्रमा उनले जिवन्त अभिनय पनि गरिसकेकी छिन् । उनका धेरै फिल्म भने बजारमा आउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search