‘चिकित्सा शिक्षा विधेयक व्यापारीकाे स्वार्थमा ल्याइएकाे छ’ : पूर्व स्वास्थ्य मन्त्री थापा

काठमाडाैं । पूर्व स्वास्थ्य मन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले शिक्षा समितिमा बहुमतकाे आडमा पेलेर चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास गराएकाे आराेप लगाएका छन् ।

नेता थापाले  चिकित्सा शिक्षा विधेयक व्यापारीकाे पक्षमा आएकाे भन्दै  विराेध जनाए । ” चिकित्सा शिक्षा विधेयक व्यापारीकाे स्वार्थमा ल्याइएकाे छ । त्यसले नेपाली जनताकाे हित गर्दैन । समितिले याे विधेयक सम्बन्धी प्रतिवेदन पास गरेर आफ्नाे शक्तिकाे दुरुपयाेग गर्ने काम गरेकाे छ । त्यसमा नेपाली का‌ग्रेसकाे घाेर आपत्ति छ ।” उनकाे भनाइ थियाे । उनले सरकारले विगतमा डा. गाेविन्द केसीसँग गरेकाे सहमतिमासमेत धाेका दिएकाे बताए ।

बुधबार स‌ंसदकाे शिक्षा समितिबाट बहुमतले चिकित्सा शिक्षा विधेयक सम्वन्धि प्रतिवेदन पास भएपछि नेपाली कांग्रेसले असहमति जनाएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search