‘चिकित्सा शिक्षा विधेयक व्यापारीकाे स्वार्थमा छैन्, कांग्रेसकाे आराेप गलत छ’ : भट्टराई

काठमाडाैं । सत्तारुढ नेकपाका नेता याेगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक व्यापारीकाे स्वार्थमा नभै नेपाली जनताकाे पक्षमा ल्याइएकाे  बताएका छन् ।

कांग्रेस नेता गगन थापाले विधेयक व्यापारीकाे स्वार्थमा ल्याइएकाे आराेप लगाएपछि त्यसकाे खणडन गर्दै नेता भट्टाराईले यस्ताे प्रतिक्रिया दिएका हुन् ।’कांग्रेसले लगाएकाे आराेप गलत छ । याे विषयमा कांग्रेससँग टुंडिखेलमा खुल्ला बहस गर्न तयार छाै‌ं’ उनले कडा चुनाैति दिदै भने ।कांग्रेसले लगाएकाे आराेप झुटाे भएकाले त्यस्ताे झुटकाे खेतीका पछि नलाग्न पनि उनले अनुराेध गरेका छन् ।

 

यस विधेयकले गाेविन्द केसीका सबै मागकाे संबाेधन  गरेकाे भन्दै नेता भट्टराईले भने- ‘यतिवेला गाेविन्द केसी इलाममा अनसन बस्न हाेइन फुलमाला लगाएर हामीसँग हुनुपर्ने हाे ।’  केसी कसकाे उक्साहटमा लागेका छन् भन्ने कुरा गम्भीर विषय भएकाे उनले बताए ।

चिकित्सा शिक्षा विधेयक माथेमालगायतका विभिन्न आयाेगले उठाएकाे महत्वपूर्ण विषयहरुलाई समेटेर ल्याइएकाे र अब संसदमा त्यसमाथि छलफल हुने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search