हजुरआमा हत्या गरेको अभियोगमा जन्मकैद

भोजपुर । जिल्ला अदाल भोजपुरले हजुरआमाको हत्या गरेको अभियोगमा टेम्केमैयुङ गाउँपालिका–९, लेखर्ककी २६ वर्षीया रिमा भनिने रेम कुमारी राईलाई जन्मकैदको फैसला सुनाएको छ ।

बुधबार उनलाई जिल्ला अदालत भोजपुरले हजुरआमा पर्ने ईश्वरमाया राईलाई कुटपिट गरि हत्या गरेको अभियोगमा जन्मकैदको फैसला सुनाएको हो । अभियुक्त रिमालाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजालसले मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३ को उपदफा (३) बमोजिम जन्मकैद फैसला सुनाएको हो ।

रेमकुमारीले गत ०६९ साल असोज ६ गते ईश्वरमायाको गहना चोरेर कुटपिट गर्ने क्रममा ढुङ्गाले टाउकोमा प्रहार गरेर हत्या गरेकी थिइन् । पिडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनलाई असोज ७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search