विवाह भएको २५ बर्षपछि विश्वका सवैभन्दा धनी ब्यक्तिको सम्बन्ध बिच्छेद

एजेन्सी । संसारका सवैभन्दा बढि धनी ब्यक्तिको सम्बन्ध बिच्छेद हुने भएको छ । अमेजन कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जी बेजोसबीच सम्बन्ध बिच्देद हुन लागेको हो । उनीहरुले आफ्नो २५ वर्ष लामो विवाह सम्बन्धको अन्त्य गर्ने भएका छन् । दुवै जनाले आफुहरु सम्बन्ध बिच्छेद गर्न लागेको सामाजिक सञ्जाल ट्वीटरबाट जानकारी दिएका छन् ।

लामो समयसम्म एक–अर्कासँग प्रेममा रहँदा र फेरि केही समयका लागि दूरीको महसुस भएपछि हामीले सम्बन्ध विच्छेदको निर्णय लिएका छौँ । हामी राम्रो मित्र भने सधैँ रहने छौँ’ सम्बन्ध बिच्छेदअघि उनीहरुले संयुक्तरुपमा ट्वीटरमा लेखेका छन् । उनीहरुको कम्पनी अमेजन माइक्रोसफ्ट विश्वको सबैभन्दा धनी कम्पनी हो । जेफ र म्याकेन्जीका चार सन्तान छन्, तीन छोरा र एक छोरी । छोरी उनीहरुले एड्प्ड गरेका हुन् ।

५४ वर्षका जेफले २५ वर्षअघि अमेजन कम्पनी सुरु गरेका थिए । ब्लुमबर्गको विश्वका धनी व्यक्तिको सूचिमा जेफ सबैभन्दा माथि छन् । उनीसँग १३७ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ । यो माइक्रोसफ्टका बिल गेट्सको भन्दा झण्डै ४५ बिलियन बढी हो । उनकी पत्नी म्याकेन्जी साहित्यकार हुन् । उनले दुई चर्चित पुस्तक लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search