लाेडसेडिङ भएकाे हाेइन, प्राविधिक कारणले लाइन गएकाे हाे : कुलमान घिसिङ

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका  प्रबन्ध निर्देशक कुलमान घिसिङले राजधानीमा लाेडसेडिङकाे कारणले नभै प्राविधिक कारणले लाइन गएकाे बताएका छन् ।

प्राधिकरण हात बाँधेर नबसेकाे र जनतालाई समस्या परेपछि रातदिन नभनी समस्या आएकाे ठाउँमा पुरगे काम गरेकाे उनले बताए । उनले भने- ‘अहिले हामीले काठमाडौंमा २ हजार मेगावाटसम्म बिजुली सहजसँग वितरण गर्न सक्ने गरी सिस्टम अपग्रेड गर्दैछौं । यो भयो भने अबको १० वर्ष काठमाडौंमा कुनै चिन्ता हुँदैन ।’

हिजोकै अवस्थामा सिस्टमलाई राखेर अब हुँदैन भन्दै घिसिङले    त्यसैअनुसार आफुहरुले काम  गरिरहेकाे पनि बताए । अब राजधानीमा झ्याप्प–झ्याप्प बिजुली जाने समस्या कम हुने  उनकाे भनाइ छ ।

‘अब स्थानीय क्षेत्रमा ट्रान्सफर्मरहरु थप्ने र फेर्ने काम गरिरहेका छौं । १४ हजार ट्रान्सफर्मर ल्याउँदैछौं । १० हजार ट्रान्सफर्मर तत्कालै आउने प्रक्रियामा नै छ । जुन क्षेत्रमा सानो क्षमताको ट्रान्फर्मरले धानिरहेको छैन, त्योभन्दा ठूलो राख्दैछौं । लोड एनालाइसिस गरेर हामीले सिस्टम सुधारको काम तीव्र पारेका छौं ।’ घिसिङले भनेका छन् ।

जाडाेका कारण बिजुलीकाे माग बडेकाे हुनाले र  एउटा ट्रान्सफर्मर फेरेको १५ दिनमै त्यसले नधान्ने अवस्था आएकाले याे समस्या आएकाे उनले बताए । ट्रान्सफर्मरकाे अभाव भने नरहेकाे तर , बिग्रिएको ट्रान्सफर्मर फेर्ने बेलामा लाइन काट्न पर्ने भएकाेले झ्याप्प–झ्याप्प बिजुली जाने गरेकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search