पाँच परिवारको बिचल्ली बनाएर फिल्म निर्माता मधुसुधन दम्पती फरार

काठमाडौं । आधा दर्जनभन्दा बढि नेपाली फिल्म निर्माण गरेका मधुसुधन सिलवाल श्रीमतिसहित फरार भएका छन् । बैंकिङ कसुरमा प्रहरीले खोजि गर्न थालेपछि पत्नी गीता पुरीसँगै उनी फरार भएका हुन् । विभिन्न बैंकबाट कर्जा लिने तर नतिर्ने गरेपछि उनलाई प्रहरीले खोजेको थियो ।

प्रहरीले पक्राउ गर्ने निश्चित भएपछि उनी फरार भएका छन् । मनमा माया, जीवन रेखा, ए पण्डित बाजे, जस्ता फिल्म निर्माण गरेका सिलवालमाथी आधा दर्जनभन्दा बढि बैंक ठगी गरेको आरोप लागेको छ । अर्काेका जमिन र घर धितो राखेर उनले बैंकबाट ऋण लिएका थिए । घर र जग्गा लिलाम चडेपछि केही मान्छे सकसमा परेका छन् । आधा दर्जन मान्छेको बिचल्ली बनाएर सिलवाल दम्पती फरार भएका छन् ।
कमल ज्ञवाली नामका एक ब्यक्तिसँग उनी सिद्धार्थ डेभलपमेन्ट बैंकको अनियमिततामा मुछिएका थिए । सहयोगी कुलप्रसाद पोखरेल पक्राउ परेलगतै उनी फरार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search