प्रथम इन्द्रमाया बक्सिङ प्रतियोगितामा नेपाललाई १० स्वर्ण

काठमाण्डौ । राजधानीमा सम्पन्न प्रथम इन्द्रमाया अन्तिराष्ट्रिय आमन्त्रण बक्सिङ प्रतियोगितामा नेपालले १० स्वर्ण जित्न सफल भएको छ ।बोसिगाउँमा आज भएको फाइनलमा महिला लाईट वेटमा ललिता महर्जनले नेपालकै नङ्जा बुढामगरलाई ५–० ले हराउँदै स्वर्ण जितिन् । महिला लाईट वेटतर्फ पनि माला राईलाई ३–२ ले पछि पार्दै विमला श्रेष्ठ पहिलो भईन् । त्यस्तै, ५४ केजी मुनि ताैल समूहमा मिनु गुरुङ र ६० केजी मुनि पुनम रावलले स्वर्ण जित्न सफल भए ।

बोसिगाउँ स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुषतर्फ नेपालले ६ स्वर्ण जित्दा भुटानका निमा दोर्जेले पनि स्वर्ण हात पारे । ६० केजी मुनिको ताैल समूहमा निमाले नेपालका एक बहादुर घलेलाई ३–२ अंकले हराउँदै भुटानका लागि एक मात्र स्वर्ण जित्न सफल भए । ४९ केजी मुनि नेपालका तेज बहादुर देउवा, ५२ केजी मुनि प्रेम चौधरी र ५६ केजी मुनि पुरन राईले स्वर्ण जिते ।

त्यस्तै, ६४ केजी मुनि भुपेन्द्र थापामगर, ६९ केजी मुनि विकेश लामा र ७५ केजीमा दीपक श्रेष्ठ पहिलो भए । विजेता सबैले नगद १५ हजार हात पार्दँ उपविजेताले १० तथा तेस्रो हुनेले ५ हजार नगद प्राप्त गरेका छन् । कार्यक्रममा थाइल्याण्डमा सम्पन्न विश्व शारिरीक सुगठनको स्वर्ण विजेता महेश्वर महर्जनलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search