मैले प्रधानमन्त्रीलाई पैसा बुझाएको छैन,मेरो चरित्र हत्या गर्ने काम भयोः राजदूत लक्की शेर्पा

काठमाण्डौ । प्रधानमन्त्रीलाई तीन करोड दिएको भन्ने समाचारको राजदूत लक्की शेर्पाले खण्डन गरेकी छिन् । प्रधानमन्त्रीलाई पैसा बुझाएको भन्ने समाचारमा कुनै सत्यता छैन मेरो चरित्र हत्यागर्न नियोजित रुपमा प्रचार गरिएको हो राजदूत शेर्पाले भनिन् । बिहीबार एसकाठमाण्डौसंग कुरा गर्दै राजदूत शेर्पाले नेपाल सरकारले मलाई हटाएको कुनै आधिकारीक पत्र दिएको छैन । अष्ट्रेलियाको लागि नेपाली राजदूत अहिले पनि आफु नै रहेको शेर्पाले दावी समेत गरिन् ।

मानव तस्कर गरेको भन्ने म माथिको आरोप मेरो काम देखेर जल्नेहरुले नियोजित रुपमा बाहिर ल्याएको प्रपञ्चमात्र हो भन्दै शेर्पाले प्रमाणित गरेर देखाउन समेत चुनौति दिएकी छन् । उनले खाँदै नखाएको विष नलाग्ने बताउँदै त्यसको सामना गर्न आफु तयार रहेको बताइन् । वाङछुकी श्रीमती फुल्हमलाई सिआइबीले पक्राउ गरेपछि उनले राजदूत शेर्पाको सहयोगमा यो काम गरेको प्रहरीलाई बताएकी थिइन । पक्राउ परेकी वाङछुकाे श्रीमतीले राजदूत शेर्पासँगै मिलेर आफूले पैसा उठाएको बयान दिएकी हुन् । हामीले तपाईको पनि मिलेमतो रहेछनि भन्ने प्रश्न गर्दा राजदूत शेर्पाले उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेकी छिन् ।

आफुले दुतावासमा काम गर्नको लागि लगेको बाङछु शेर्पाले नक्कली कागजात बनाई ठगी गरिरहेको थाहा पाएपछि २०७४ साल मंसिर ११ गते नै परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको राजदूत शेर्पाको दावी थियो । आफैले वाङछुबाट पीडित ब्यक्तिलाई कानुनी उपचारमा जान सिफारिस समेत गरेको लक्कीको दावी छ । २०७५ जेठ ३१ गते नै काठमाण्डौ जिल्ला अदालतले वाङछु शेर्पालाई ठगी गरेको आरोपमा पक्राउ गर्न म्याद जारी गरेको राजदूत शेर्पाको भनाई छ ।

यदि मैले गल्ति गरेको छु भने उनी किन भागेर हिड्छन् भन्दै राजदूत शेर्पाले प्रश्न गरिन् ? राजदूतलाई दोष लगाएर उम्कन सक्ने स्थिति छैन । वाङछु शेर्पाले यस अघिपनि नक्कली लाइसेन्स वनाउँदै ठगी गर्दै हिडेको प्रमाण आफुसंग आईपुगेको लक्कीले बताइन् । मैले चाहेको भए सरकारी डकुमेन्ट मै अष्ट्रेलिया लान सक्थे भन्दै नक्कली डकुमेन्ट बनाएर वाङछुले ठगी गरेको राजदूत शेर्पाको दावी रहेको छ ।सिआइबीले फुल्हम र वाङछुविरुद्ध २० लाख ६० हजार रुपैयाँ ठगीको आरोपमा जेठको अन्तिम साता मुद्दा दायर गरिसकेको छ । सिआइबीका अनुसार फुल्हम शेर्पाविरुद्ध तासी ल्यामु शेर्पा, निमदावा शेर्पा र निम्बुटी शेर्पाले जाहेरी दिएका थिए । तासीसँग चार लाख, निमदावासँग आठ लाख र निम्बुटीसँग १२ लाख रुपैयाँ उठाएको खुलेको छ । वाङछु भने फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search