अजयराज सुमार्गीसँग १८ अर्ब कालोधन, मुद्दा चलाउन सर्वाेच्चले बाटो खोल्यो

काठमाडौं । ब्यापारी अजयराज सुमार्गीसँग १८ अर्बभन्दा बढि अबैध सम्पति रहेको तथ्य खुलेको छ । चार बर्षअघि सुमार्गीबिरुद्ध सम्पति शुद्धिकरण विभागमा उजुरी परेको थियो । उजुरी परेलगतै शुद्धिकरण विभागले छानविन थाल्यो र १८ अर्बभन्दा बढि अबैध सम्पति रहेको निस्कर्षमा पुग्यो । तरपनि सुमार्गीबिरुद्ध मुद्दा चलाउने आँट सम्पति शुद्धिकरण विभागले गर्न सकेको छैन ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कनेक्सनमा रहेका सुमार्गीले बर्षाैदेखि राजनीतिक संरक्षण पाउँदै आएका छन् । राजनीतिक संरक्षणका कारण सम्पति शुद्धिकरण विभागले अनुसन्धान सकेपनि मुद्दा चलाउन सकेको छैन । तर सर्वाेच्च अदालतले भने उनीमाथी छानविन गर्न विहीबार आदेश दिएको छ । सर्वाेच्चको आदेशपछि मुद्दा चलाउन शुद्धिकरणलाई बाटो खुलेको छ ।

सर्वोच्चले सुमार्गीको स्वामित्वामा रहेको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा विदेशबाट आएको शंकास्पद रकममाथी छानविन गर्न सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अनुसन्धान गर्न आदेश दिएको छ । केही दिनअघि न्यायाधीश दीपकराज जोशीले सुमार्गीको नाममा विदेशबाट आएको अबैध रकम बैंकबाट झिक्न दिन आदेश दिएको थियो । जोशीको आदेश उल्ट्याउँदै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले बैंकबाट झिकेको रकम फिर्ता गर्न आदेश दिएको छ। सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा बैंकमा जम्मा भएको रकम शंकास्पद देखिएको भन्दै झिकेको रकम बैंकमा फिर्ता गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएकाले बैंकबाट झिकिएको विवादित रकम फिर्ता लिन नेपाल राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको हो । पुस १० मा न्यायाधीश जोशीले सुमार्गीको भुक्तानी दिन राष्ट्र बैंकका नाममा आदेश दिएका थिए। प्रधानन्यायाधीश राणा र न्यायाधीश भट्टराईले मंगलबार यसअघिको आदेश गलत भएको भन्दै अन्तरिम आदेश दिन नमिल्ने ठहर गरेका थिए। नेपालमा विदेशबाट भित्र्याएको रकम शंकास्पद देखिएमा सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने हुन्छ। नेपाल राष्ट्र बैंक आफैले कारोबार शंकास्पद भनी स्वीकार गरेको विषयमा हालसम्म के कारवाही भएको छ भन्नेबारे स्पष्ट भएको छैन।

प्रतिक्रिया दिनुहोस्
X
Type to search