पृथ्वीनारायणकाे प्रशंसा गर्दै आयाे प्रधानमन्त्रीकाे सन्देश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने भन्दै प्रशंसा गरेका छन् ।

धानमन्त्री ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताए ।

प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ,  ‘राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रूपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने थिएन ।’

नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, सांस्कृतिकलगायतका अनेक विविधताका बीच मजबुत एकताका आधार तयार पृथ्वीनारायणले नै तयार पारेको प्रधानमन्त्रीले बताए ।

पृथ्वीनारायण शाहकै अगुवाइमा एकताको गौरवमय परम्पराको बिजारोपण भएको भन्दै उनले प्रशंसा गरे । संसारका अधिकांश देश उपनिवेशवादको चङ्गुलमा परेका बेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search