देशी क्वीन सपना चौधरीको आइटम (तस्वीरहरु)

एजेन्सी । विग बोसबाट ‘देशी क्वीन’ को उपमा पाएकी डान्सर सपना चौधरीले पहिलो पटक आफ्ना ग्यामर तस्विरहरु सार्वजनिक गरेकी छिन् । हरियानाकी स्टार डान्सर सपना विग बोसबाट निस्केपछि उनी स्टार बनेकी छिन् । उनी बिजेता त वनिनन् तर लाखौ मानिसको मस्तिस्कमा बस्न सफल भएकी छिन् । जहिले पनि कुर्ता सुरुवालमा देखिने सपनाले आफ्नो नयाँ रुप इंस्टाग्राममा देखाएकी छिन् ।

विग बोसको शिजनभरी उनी कुर्ता सरुवालमै थिइन । तर बाहिर निस्केपछि उनी मोर्डन गल्ल भनेकी छिन् । गुगलमा सवैभन्दा बढि सर्चको तेस्रो नम्वरमा रहेकी सपना अब फिल्म क्षेत्रमा हात हाल्ने भएकी छिन् । भोजपुरी र बलिउडमा उनले आइटम डान्स गर्ने भएकी छिन् । युपी, विहार र हरियानामा चर्चित डान्सर सपना अब भारतकी देशी क्वीन बनेकी छिन् । विग बोसले उनको सपना तीन महिनामै साकार पारिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search