खप्तड गोल्डकप: संकटा भर्सेस गोर्खा ब्वाईज रुपन्देही

धनगढी । तेस्रो सस्करणको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा आज पनि एक खेल हुदैंछ ।

धनगढी रंगशालामा दिउँसो साढे दुई बजे सिएमजी संकटा क्लब र गोर्खा व्वाइज रुपन्देही प्रतिस्पर्धा गर्न लागेका हुन् । अन्तिम प्रिक्वार्टर फाइनलको खेलमा दुवै टोलीे भिड्न लागेका हुन् । भर्खरै सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा सनसनीपुर्ण नतिजा निकाल्दै संकटा क्लब उपविजेता भएको थियो ।

आजको खेलको विजेताले माघ १ गते क्यामरुनको दाफिनस टिम फेमिलीसंग सेमिफाईनल प्रवेशका लागि खेल्नेछ । यसअघि मेची नेत्रायल, नेपाल पुलिस क्लब र च्यासल युथ प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरिसकेका छन् ।

मोफसलकै सर्वाधिक धनराशीको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५/१५ हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिएको छ । प्रतियोगितामा दर्शकहरुले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ ।

क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि १ सय ५० र २ सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search