बलात्कारको आरोप लागेका युभेन्टसका स्टार रोनाल्डोकाे डीएनए परिक्षण गर्ने तयारी

काठमाडौं । बलात्कारकाे आरोप लागेका युभेन्टस तथा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको डीएनए परिक्षण गरिने भएको छ । बलात्कार मुद्दामा अनुसन्धान गर्न प्रहरीले उनको डिएनए संकलन गर्ने जनाएको छ । अमेरिकाको लस भेगासस्थित प्रहरीले रोनाल्डोको डिएनए स्याम्पल पठाउन इटालियन अधिकारीहरूलाई चिठी समेत पठाइसकेको छ।

३३ वर्षीय रोनाल्डो अहिले इटालियन क्लब यूभेन्टसबाट व्यवसायिक फुटबल खेल्छन्। पूर्वमोडल तथा शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९मा लसभेगासको एक होटलमा रोनाल्डोले आफूलाई जबरजस्ती गरेको आरोप लगाएकी छन्। सोही विषयमा परेको मुद्दामा अनुसन्धान गर्न रोनाल्डोको डिएनए मागिएको लस भेगास प्रहरीले जनाएको छ। तर उक्त्त घटनालाई राेनाल्डाेले स्वीकारेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search