गोपीले दर्शक तान्छ की तान्दैन तर बर्षाले प्रचार तानिन्

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रमा सर्वाधिक सफल अभिनेत्री बर्षा राउत यतिबेला आफ्नो आगमी फिल्मको प्रचारमा जुटेकी छिन् । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टको कार्यकक्षदेखि सार्वजनिक पत्रकार सम्मेलनसम्म उनी चलचित्र गोपीको प्रचारमा जुटेकी छिन् ।

तर उनले गोपी फिल्म आफ्ना लागि अभियनभन्दा पनि फरक अनुभव रहेको बताएकी छिन् । रोमान्टिक प्रेम अभिनयमा खारिएकी बर्षाको प्रेम लक्का नौजवानसँग मात्र हुँदैन, जनावरसँग पनि हुन्छ । गाईसँग गरेको अभियन उनका लागि फरक अनुभव हो । ‘मान्छेसँग काम गर्न सजिलो तर जनावरसँग काम गर्न गारो हुने रहेछ। न हामीले सम्झाउन सक्नु, न गाली गरेर तर्साउन सक्नु’ आफ्नो अनुभव सुनाउँदै उनले भनिन् हाम्रो घरतिर त अझै हान्ने भैँसी हुन्थ्यो, । सुटिङ गर्दा ल्याइएको गाईका सिंह थिए तर हान्ने गाई परेन छ ।’

लाखौ युवाहरु रोजगारका लागि तेस्रो मुलुकमा जाने गर्दछन् । दैनिक हजारौको संख्यामा त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलबाट श्रम र पसिना बोकेर नेपाली युवा जहाज चड्छन् । तर चलचित्र गोपीले श्रम र पसिना बगाउने सक्ने युवाका लागि नेपाल नै स्वर्ग भएको कथा समेटेको छ । गोपी चलचित्र १८ माघदेखि हलमा आउँदैछ । तर अहिले चलिचित्रका निर्माता, निर्देशक र कलाकारहरु जोडतोडका साथ प्रचारमा जुटेका छन् । फिल्मले दर्शक तान्छ की तान्दैन तर बर्षाले प्रचारमा तानेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search