महिला टी–ट्वान्टी क्रिकेट: उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

काठमाडौं । थाइल्याण्डमा हुने महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले चिनसंग खेल्ने भएको छ ।

शनिबारदेखि आउदो माघ ५ गतेसम्म हुने खेलमा जम्मा १० टिमअको सहभागिता हुने भएको छ । सहभागि उक्त टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसमध्य ए समूहमा नेपाल,चीन,सयूक्त अरब इमिरेट्स(यूएई) मलेसिया र थाइल्याण्ड रहेका छन्, भने समूह बि मा भने हङकङ, थाइल्यान्ड, इन्डोनेसिया, भुटान र म्यानमार रहेका छन् ।

नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स ९युएई०सँग खेल्नेछ भने अन्तिम खेल माघ २ गते थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

नेपाली टोलीको कप्तानी रुविना क्षेत्रिले गर्ने भएकी छन् । उपकप्तानीको जिम्मेवारी भने सिताराना मगरले पाएकी छन् । त्यसैगरी टोलीका अन्य सदस्यहरुमा करुणा भण्डारी, डोली भट्ट, ममताकुमारी चौधरी, बिन्दु रावल, सरिता मगर र नेरी थापा रहेकी छन् । अन्य खेलाडीमा इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर छन्। वैकल्पिकतर्फ रीताकुमारी कञ्जुनिया, सुमन विष्ट र सवनम राई छिन्।

टोलीको प्रशिक्षकमा पूर्वकप्तान विनोद दास छन्। प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search