डेढ बर्षपछि खुल्यो जग्गाको कित्ताकाट, यस्ता छन अनिवार्य सर्तहरु

काठमाडौं । डेढ बर्षदेखि रोकिएको जग्गाको कित्ताकाट केही सर्तसहित खुलेको छ । लामो समय जग्गाको कित्ताकाट रोकिदा नागरिकलाई समस्या परेका कारण सर्तसहित खुल्ला गरेको भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले बताएकी छिन् । २०७४ साउनदेखि जग्गाको कित्ताकाट रोकिएको थियो । सरकारले त्यसलाई केही खुकुलो बनाएको छ । अंशबण्डा जस्ता व्यावहारिक समस्या देखिएकाले कित्ताकाट गर्न दिन नापी विभागलाई निर्देशन गरेका छौ’ मन्त्री आर्यालले भनिन् ‘तर खेतीयोग्य जमिन घडेरी बनाउन र कित्ताकाट गर्न भने पाइनेछैन ।’
खेतियोग्य जमिन हो की होइन त्यसको अनुसन्धान र मुल्यांकन गर्ने काम स्थानीय तहलाई दिइएको छ । स्थानीय तहले खेतियोग्य जमिन नभएको सिफारिस गरेपछि मात्र कित्ता हुनेछ । जथाभावी कित्ताकाट गर्न यस्तो ब्यवस्था गरिएको मन्त्री अर्यालले बताइन ।

१ भूमिको बर्गीकरण र उपयोग सम्बन्धी कानुन तर्जुमाको चरणमा छन्। कृषि योग्य जमिनको गैह्र कृषि क्षेत्रमा रुपान्तरणले तिब्रता पाइरहेको बर्तमान परिस्थितिबाट खेती योग्य भूमिको संरक्षणमा सरकारको तर्फबाट अबिलम्ब कदम चाल्नु अपरिहार्य भएकोले सो सम्बन्धी कानुनको तर्जुमा नहुन्जेल सम्मको लागि यो निर्देशन गरिएको छ।

२ जग्गाको प्लटिङ् गरी वा अन्य कुनै प्रकृयाबाट जग्गाको खण्डीकरण गरी हक हस्तान्तरण गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले खेती योग्य जग्गा कुनै पनि प्रकारले खण्डीकरण (कित्ताकाट) गरी घडेरीको रुपमा बिक्री वितरण गर्न पाउने छैन ।
३ शहरी क्षेत्रको किसिम क देखि ङ सम्म कायम भएका वा बसोबास तथा ब्यबसायिक क्षेत्र किसिम जनिएका वा फिल्डबुक वा स्रेस्तामा अन्य जुनसुकै किसिम जनिए तापनि स्थानीय तहबाट “खेती योग्य जग्गा” होइन भन्ने ब्यहोरा लेखीआएका कित्ता जग्गाहरु प्रचलित कानूनी ब्यवस्था बमोजिम कित्ताकाट गर्ने।

५ यो निर्देशन जारी भएपछि प्रत्येक स्थानीय तहले कृषि, वन, नापी, जग्गा प्रशासन र शहरी विकाससम्बन्धी प्राविधिक रहेको जग्गा उपयोगिता विश्लेषण प्राबिधिक समिति गठन गरी सो समितिबाट खेती योग्य जग्गा नभएको र जग्गा विकास गर्न उपयुक्त रहेको भन्ने सिफारिस साथ तोकिएको निकायबाट जग्गाको उपयोगिताको विश्लेषण गरी बस्तुगत मापदण्ड बमोजिमको स्विकृति लिई इजाजत प्राप्त जग्गा विकास गर्ने फर्म, संस्था वा कम्पनीले बाटो, खुला क्षेत्र लगायत सार्वजनिक उपयोगमा आउने अन्य जग्गा नेपाल सरकारको नाममा श्रेस्ता कायम गरे पछि मात्र स्विकृति प्राप्त गरेको नक्शा बमोजिम कित्ताकाट गर्न सकिनेछ ४ प्रचलित कानुन बमोजिम कायम रहने अंशियारहरुका बीच एक भन्दा बढी पटक अंशबण्डा वा अंश भरपाई गरी कित्ताकाट गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search