विवेकशील साझा पार्टी फुट्यो, नयाँ दल दर्ता गर्न १६ केन्द्रीय सदस्य निर्वाचन आयोगमा

काठमाडौं । रविन्द्र मिश्र र उज्वल थापा संयोजक रहेको विवेकशील साझा पार्टी विभाजन भएको छ । लामो समयदेखिको अन्तरकलहपछि पार्टी दुई टुक्रा भएको छ । स्थानीय निर्वाचन सकिएलगतै उज्वल थापाले नेतृत्व गरेको विवेकशील र रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीबीच एकता भएको थियो । एकता भएको डेढ बर्षमै पार्टी बिभाजन भएको छ ।
केही दिनअघि संयोजक उज्जल थापाले पार्टीको समीक्षा गर्दै १८ बुँदे समीक्षा रणनीति पेश गरेका थिए । पार्टीको समीक्षा गर्दै मिश्रमाथी पार्टी कब्जा गर्न लागेको आरोप लगाएका थिए । तर आरोपको मिश्रले खण्डन गर्दै आएका थिए । विवेकशील साझा पार्टीभित्रका विवाद अब निर्वाचन आयोगसम्म पुगेको छ । पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा शुक्रवार निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search