रविन्द्र मिश्रमाथि राजनीतिक र आर्थिक अनियमितताको आरोप, दर्शनाले भनिन् ‘हामी छुट्टियौ’

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रमाथी राजनीतिक र आर्थिक भ्रष्टाचारको अभियोग लागेको छ । आजै पार्टी विभाजन गरेका अर्का संयोजक उज्वल थापा, रञ्जु दर्शना लगायतका नेताहरुले राजनीतिक र आर्थिक पारदर्शीता नभएका कारण मिश्रबाट अलग भएको बताएका छन् ।
विवेकशील र साझा पार्टी ११ साउन २०७४ मा एकता गरेका थिए । स्थानीय तहको निर्वाचन सकिए लगतै गरिएको एकता २ बर्षपनि टिक्न सकेन । पूर्व विवेकशील समूहले संयोजक रविन्द्र मिश्रमाथि आर्थिक र राजनीतिक पारदर्शीताको कुरा उठाउँदै नयाँ दल दर्ता गरेको छ । उज्वल थापाको नेतृत्वम विवेकशील नेपाली दल गठन भएको छ । थापासँग रञ्जु दर्शना,प्रदेश ३ का दुई सांसद विराज भट्ट र रमेश पौडेल पनि नयाँ पार्टीमा समावेश भएका छन् । रञ्जु दर्शनाले विवेकशील साझा पार्टीबाट आफुहरु छुट्टिएको औपचारिक जानकारी दिएकी छिन् । थापाको पक्षमा ३७ मध्ये १६ केन्द्रीय सदस्य रहेका छन् । पार्टी विभाजन गर्दा संयोजक मिश्रमाथि राजनीतिक र आर्थिक अभियोग लगाइएको छ ।
‘पहिलो कुरा उहाँहरुले हामीलाई राजनीति गर्न सिकाउन थाल्नुभयो । राजनीतिमा खारिएका हामी हौं। राजनीति यसरी गर्नुपर्छ भन्नुभयो। होला उहाँहरुले राजनीति हामी भन्दा बढी बुझ्नु भएको होला, किताबको ठेली पढ्नुभएको होला। तर आफै जान्नेसुन्ने हुनुभयो। विचारको कदर गर्न सक्नुभएन’ रञ्जु दर्शनाले भनिन् ‘ धेरै गुनासा छन्। उहाँहरु संकुचित रुपले अगाडि बढ्नु भएको छ। रवीन्द्रजीको नेतृत्वमा पारदर्शिता पाइएन। आर्थिक पारदर्शिता भएन। हामीले पारदर्शिता खोजेका थियौं।

प्रतिक्रिया दिनुहोस्
X
Type to search