कविता : नियति घामको

                   नियति घामको

  लेखिका : गायत्री विष्ट
यो भरखर झूल्केको घाम
आकासमा होइन समुन्द्रमा
जन्मदै छ विस्तार विस्तार
नजरको भ्रम दोष
देख्छ शान्त,सुन्दर र स्निग्ध
छटपटाइ रहेछ
आमाको प्रसव पीडासंगै
पुकार्छ रुंदै र गर्छ विलौना
नपरोस बारम्बार मर्नजन्मन
तर नियतिले
प्रत्यक शखार जन्माउछ
अनि प्रत्यक साँझ
बाध्य बनाउछ मर्न
न चैन छ घामलाई
न उसकी आमालाई
जो हर मिर्मिरेमा
बाध्य छे छटपटाउन
प्रसव पीडाले
अनि हर सांझ
गर्छिन् विलौना
सन्तान गुमाउनुको पीडाले
भोगि रहन्छन् नियति
घामका माउ बच्चा
रमाउछन् हर प्राणी
बाँच्छन् हर प्राणी
उनकै न्यानो काखमा

 

प्रतिक्रिया दिनुहोस्
X
Type to search