स्पेनिस मिडफिल्डर सेस फेब्रिगास मोनाकोमा अनुबन्धित

काठमाण्डौ । चेल्सीका मिडफिल्डर सेस फेब्रिगास फ्रेन्च क्लब मोनाकोबाट खेल्ने भएका छन् । चेल्सीका मिडफिल्डर फेब्रिगास थिएरी हेनरीको मोनाकोसंग साढे तीन बर्षे सम्झौता गरेका छन् ।

मोनाकोमा आबद्द भएपछि स्पेनका पुर्व कप्तान फेब्रिगासले नयाँ क्लबबाट खेल्न निकै उत्साहित रहेको बताए । ’म क्लबका लागि सहयोग गर्नेछु । पहिलो खेलबाटै राम्रो सुरुवात गर्ने लक्ष्य छ । म निकै उत्साहित छु,’ फेब्रिगासले भनेका छन् ।

३१ बर्षिय फेब्रिगासले चेल्सीका लागि गत साता अन्तिम खेल खेलेका थिए । एफए कप अन्तर्गत नटिङघम फोरेष्टविरुद्ध मैदान उत्रदै फेब्रिगासले चेल्सीबाट बिदा लिएका थिए । साँढे चार बर्ष चेल्सीमा बिताएका फाब्रिगासले चेल्सीबाट १९८ खेलबाट २२ गोल गरेका छन् । उनी सन् २०१४ मा बार्सिलोनाबाट चेल्सी आएका थिए । त्यसअघि फेब्रिगासले आर्सनलबाट खेलेका थिए । तर अन्तिम खेलमा भने पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search