महिला टी-ट्वान्टी क्रिकेट: उद्घाटन खेलमा नेपालले चीनलाई हरायो

काठमाडौं । नेपाली महिला क्रिकेट टीमले महिला टी–ट्वान्टी क्रिकेटमा आफ्नो विजयी यात्रा सुरुवात गरेको छ ।

थाइल्याण्डको बैंककमा शनिबार भएको खेलमा चीनलाई १० वीकेटले हराउँदै नेपालले आफनो विजयी यात्राको सुरुवात गरेको हो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्न सफल भएको हो । नेपालको जितमा सिता राना मगरले अविजित २३ रन जोड्दा काजल श्रेष्ठले अविजित १४ रन जोडिन ।

यसअघि टस हारेर ब्याटिङ गरेको चीनले पुरै २० ओभरमा ६ विकेट गुमाएर ४८ रन बनाउन सक्यो । चीनका लागि झाङ चानले १३ रन जोडिन । चीनलाई सस्तैमा समेट्न नेपालका करुणा भण्डारीले ३ तथा नेरी थापाले २ विकेट लिईन् । सिता रानाको नाम एक विकेट रह्यो ।

जितसंगै समूह ए मा रहेको नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । नेपालले समूहमा २ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा आइतबार मलेसियासंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search