थारु पोषाकमा मन्त्री विना मगर-‘थारु समुदायको संस्कृति गौरवमय छ’ (पाँच तस्वीर)

कञ्जनपुर । खानेपानी मन्त्री विना मगरले थारु समुदायमा वंशाणुगत रूपमै देखिने रक्तअल्पता सम्बन्ध रोग ‘सिकल सेल एनिमिया’ न्यूनिकरण गर्न सरकार र आफु सक्रिय भएको बताएकी छिन् । सिकल सेल एनिमियाका कारण थारु समुदायमा धेरैले ज्यान गुमाउँदै आएका छन् । रोग न्यूनिकरणका लागि वर्तमान सरकार र आफु सक्रिय भएको बताएकी छिन् ।

‘चौधरी समुदायमा बंशानुगतरुमै देखिने सिकल सेल एनिमियाको परिक्षण र उपचारमा सरकार गम्भीर रहेको छ’ मन्त्री मगरले भनिन् ‘यसका लागि छिट्टै कदम पनि चाल्दैछौ ।’ थारु कल्याणकारी सभाले आयोजना गरेको बेलौरी माघी मेलामा पुगेकी मन्त्री मगरले विकासमा राजनीतिक नगर्न सवैलाई आग्रह गरेकी छिन् । ‘विकासमा सत्ता पक्ष र प्रतिपक्ष हुँदैन’ सत्ता पक्ष र प्रतिपक्ष राजनीतिमा मात्र हुन्छ’ उनले भनिन् ।

कञ्चनपुरको बेलौरीमा शुक्रवार देखि सुरु भएको बेलौरी माघी मेलामा मन्त्री मगर पनि थारु भेषभुषामै मञ्चमा पुगेकी थिइन । थारु महिलाको पोषाकमा मन्त्री मगर स्टेजमा पुग्दा महिलाहरुले खुसी हुँदै ताली बजाएका थिए । उनले थारु समुदायभित्र दर्जनौ संस्कृतिहरु भएको भन्दै यसलाई घरआँगनमा सिमित नगर्न आग्रह गरेकी छिन् । ‘थारू संस्कृति निकै गौरव गर्न लायक छ, घरआँगनमा सिमित भएको माघी पर्वलाई मेला र महोत्सवबाट बाहिर ल्याउनु पर्दछ’ उनले भनिन् ‘चौधरी दाजुभाई र दिदीबहिनीहरुले गाउँगाउँ बीच संस्कार तथा परम्पराहरु आदानप्रदान गर्नुपर्दछ ।’

माघी थारु समुदायको मुल पर्व हो । सवै समुदायले माघी मनाएपनि थारु समुदायले बिशेष चाडका रुपमा मनाउँदै आएका छन् । ‘म पनि माघी मनाउन आएकी छु, सवैलाई माघीको बधाई छ’ थारु महिलाको पोषाकमा सजिएकी मन्त्री मगरले भनिन् । कञ्चनपुरको क्षेत्र नम्बर १ बाट उनी निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search