सिरहाबाट २ किलो सुनसहित ४ जना पक्राउ

काठमाडौँ । प्रहरीले अवैध सुनसहित सिरहाबाट चार जनालाई पक्राउ गरेको छ ।

शनिबार बिहान सशस्त्र प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत घुर्मीखोला भन्ने ठाउँबाट २ किलो सुनसहित उनिहरुलाई पक्राउ गरेको हो ।

विषेश सूचनाको आधारमा सशस्त्र प्रहरीका एसपी सोमबहादुर गुरुङको टोलीले भरतिय नम्बर प्लेटको स्कारपियोसहित उनिहरुलाई गोलबजार र मिर्चैया नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिएको हो । तर यसबारे एसपी गुरुङले थप केहि खुल्न चाहेनन्।

एसपी गुरुङले घटनाबारेमा अनुसन्धान गरिरहको तर  अहिले नै सबै बताउन नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search