विवेकशील साझाका प्रवक्ता आचार्य पत्रकार सम्मेलनमै भक्कानिए

काठमाडौं । पार्टी फुटका बारेमा जानकारी दिन आयोजित पहिलो पत्रकार सम्मेलनमै विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य  भक्कानिएका छन्।

शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन स्थलमै उनि पार्टी फुटले सबैमा पीडा थपेको भन्दै भक्कानिएका हुन् ।

पार्टीका संयोजक मध्येका एक उज्वल थापासहित १६ केन्द्रीय सदस्यले विवेकशील नेपाली दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । यसबारे आफ्नो धारणा सार्वजनिक गर्न विवेकशील साझाले शनिबार पत्रकार सम्मेलन राखेको थियो, जसको सुरु गर्दा आचार्यको गला अवरुद्ध भएको थियो ।

उनी सुक्क सुक्क गर्दै रुन थालेपछि संयोजक रवीन्द्र मिश्रले उनलाई हातको इशाराले सम्झाएका थिए।

प्रतिक्रिया दिनुहोस्
X
Type to search