प्रधानसेनापति थापा बने भारतीय सेनाका मानार्थ महारथी

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारत सरकारले मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरेको छ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले शनिबार प्रधानसेनापति थापालाई राष्ट्रपति भवनमा मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। नेपाल र भारतबीच दुबै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा दिने प्रचलन छ।

भारत भ्रमणमा रहेका प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष रावत, रक्षामन्त्री निर्मला सिथारमन राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेट्ने कार्यक्रम छ। प्रधानसेनापति थापा २ माघमा स्वदेश फर्कनेछन्। उनले साउथ वेस्र्टन कमाण्ड जयपुर र सेन्ट्रल कमाण्ड लखनऊको भ्रमण गर्ने कार्यक्रम छ।

भारतका स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा थापा शुक्रवार साताव्यापी भारत भ्रमणमा निस्किएका हुन्।

प्रतिक्रिया दिनुहोस्
X
Type to search