‘हामी अझै सशक्त भएर जान्छौ, साथ दिने साथीहरु देशभर हुनुहुन्छ’: रविन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटपछि बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताएका छन् ।

संयोजक मिश्रले कसैले पार्टी छोडेर जादैँमा आफूहरुको अभियान नरोकिने प्रष्ट पारे । पार्टी फुटेपछि शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संयोजक मिश्रले पार्टीमा विमती नभएरै आनायाशै साथीहरुले पार्टी छोडेर जान्छन भन्ने नलागेको बताए ।

शुक्रबार मात्रै पार्टीका संयोजक मध्येका एक उज्वल थापासहित १६ जनाले विवेकशील नेपाली दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका थिए । उनले यद्यपि बैकल्पिक राजनीतिक शक्ति निर्माण अभियान कुनै पनि हालतमा नरोकिने प्रष्ट पारे । उनले भने, यो यात्रा कुनै हालतमा रोकिँदैन । हामी अझै सशक्त भएर जान्छौ । साथ दिने साथीहरु देशभर हुनुहुन्छ ।’

संयोजक मिश्रले आफूहरु नजानेको यात्रामा हिँडेको भन्दै त्यक्रममा दुवै पक्षबाट कमजोरी भएका हुन सक्ने बताए। उनले भने, ‘नजानेको यात्रामा हामी सँगै हिँड्दा हाम्रो तर्फबाट कमजोरी भए होलान्। उहाँका तर्फबाट पनि भए होलान्।’

नेपाली समाजको धारातलीय विरोधाभाष र जटिलताहरू वैकल्पिक पार्टी निर्माणमा पनि आउने भन्दै त्यस्ता प्रतिकुलताबाट आफूहरु माथि उठ्ने दाबी गरे। आर्थिक पार्दशिताका बारेमा आफूहरूमाथि अनेक आक्षेप लगाएको भन्दै त्यसबाट आफू निकै दुस्खी भएको मिश्रको भनाइ छ।

‘छोडेर जाने साथीहरूले जस्तो आरोप लगाउनुभयो, त्यसको मैले कुनै पनि मिडियाबाट जवाफ दिएको छैन्’, उनले भने, ‘एक घरभित्रको विावद चौतारीमा छताछुल्ल पार्ने पक्षमा छैन् भनेर एक शब्द पनि बोलिन्। उहाँहरूको आरोपबाट म एकदमै दुस्खी भएको छु।’

उनले आफू कुनै आरोप प्रत्याआरोपमा उत्रिन नचाहेको भन्दै आर्थिक आय–व्ययको सबै विवरण स्पस्ट भएको दाबी गरे। ‘हामीले एक महिनामा १२ लाख रुपैयाँ उठायौंँ’ उनले भने, ‘हरेकको रेकर्ड छ। त्यो फेसवुक, पार्टीको वेबसाइटमा पनि छ। गतवर्षको आय–व्ययको अडिट रिपोर्ट पनि वेबसाइटमै राखेका छौँ। यो भन्दा पारदर्शिताको कुरा के हुन्छ ?

पार्टीको नाम के हुन्छ भन्ने पत्रकारको प्रश्नमा संयोजक मिश्रले विवेकशील साझा पार्टी नै रहने बताए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search