आर्सनल वेष्टह्यामसंग स्तब्ध,राइस बने नायक

काठमाण्डौ । इंग्लिश प्रिमियर लिगमा आर्सनलले अप्रत्यासित नतिजा बेहोरेको छ । शनिबार भएको खेलमा आर्सनल वेष्टह्यामसंग १–० गोल अन्तरले स्तब्ध बन्न पुग्यो ।

वेष्टह्यामलाई जित दिलाउन घरेलु मैदानमा डीक्लेन राइसले निर्णायक गोल गरेका थिए । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा वेष्टह्यामका राइसले गोल गर्दै टिमलाई तीन अंक दिलाउन सफल भए ।

हारसंगै आर्सनल २२ खेलबाट ४१ अंक सहित ५ औं स्थानमा यथावत रहेको छ । भने वेष्टह्याम २२ खेलबाट ३१ अंक सहित आठौं स्थानमा उक्लिएको छ । आजै अन्य छ खेल हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search