घमालको गीति एल्बम ‘शब्द रचना’ सार्बजनिक

काठमाडाैं । गीतकार सिन्चुरी सुरेश घमालको गीति एल्बम ‘शब्द रचना’ सार्बजनिक भएकाे छ । नयाँ बर्षको शुभारमसँगै एल्बम सार्बजनिक गरिएको हो । केहि बर्ष अघि सार्बजनिक भैसेकाे गायक शिव परियारको आवाजमा रहेको ‘सबैले मलाई घृणा गरे पनि’ गीत सहित एल्बममा ११ वटा यसमा गीत समाबेश गरिएको छ ।

चलचित्रहरुमासमेत गीत लेखिसकेका घमालको यस एल्बममा आधुनिक मेलोडियस गीतहरु समाबेश छन् । संगीतकार दिपक शर्मा, निम संगीत, कुमार गुरुङ, पुरुसोत्तम न्यौपानेको संगीत रहेको गीतको भिडियो पनि सार्बजनिक गरिएको छ ।

आधुनिक गीतहरु समाबेश एल्बमका गीतमा गायक शिव परियार,प्र मोद खरेल, स्वरुप राज आचार्य, कुमार गुरुङ, पुर्णिमा लामा, सुधा रत्न, रारा अधिकारी ढुंगेल, रेक्स गुरुङको स्वर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search