ब्राइटनबिरुद्ध लिभरपुलकाे साँघुराे जीत

काठमाण्डौ । इंग्लिश प्रिमियर लिगमा लिभरपुलले जीत दर्ता गराएको छ । शनिबार भएको खेलमा लिभरपुलले ब्राइटनलाई १–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा लिभरपुलले १–० गोल अन्तरको जीत निकाल्दै अंकतालिकामा ३ अंक जोड्न सफल भएको छ । खेलको ५० औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टी मार्फत गोल गर्दै लिभरपुलका लागि सुरुवाति अग्रता दिलाएका थिए । ब्राइटनका पास्कल ग्रोसले सलाहलाई फल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । त्यही पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो ।

खेलमा ब्राइटनले गोल गर्ने प्रयत्न गरेपनि सफलता पाउन सकेन । यो जितसंगै लिभरपुलले २२ खेलबाट ५७ अंक बनाउँदै दोस्रो स्थानमा रहेको सिटीसंगको दूरीलाई ७ अंकमा पुर्याएको छ । एक खेल कम खेलेको सिटीको ५० अंक छ भने टोटेनह्यामको ४८ अंक रहेको छ । हारसंगै ब्राइटनको २२ खेलबाट २६ अंक रहेको छ । अन्य खेलहरुमा साउथह्याम्टनले लेष्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेका छ भने बर्नलीले फुलह्यामलाई २–१ ले र वाट्फोर्डले क्रिष्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search