पेड्रो र विलियनले चेल्सीलाई जीत दिलाए

काठमाण्डौ । इंग्लिश प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले न्युकासल युनाइटेडलाई २ – १ गोल अन्तरले पराजित गरेको थियो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा जीतका लागि पेड्रो र विलियनले एक एक गोलको योगदान गरेका थिए । न्युकासलको तर्फबाट क्लार्कले एक गोल फर्काएका थिए ।


खेलको नवौं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा न्युकासलका क्लार्कले गोल गरेपछि पहिलो हाफको खेल १ – १ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा चेल्सीका विलियनले गोल गर्न सफल भए । खेलको ५७ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई २ – १ को महत्वपूर्ण जीत दिलाउँदै अंक तालिकामा ३ अंक जोड्न सफल भए ।

यो जीतसंगै चेल्सीले २२ खेलबाट ४७ अंक जोडेको छ । चेल्सी लिगको चौथो स्थानमा छ । पराजित न्युकासल १८ अंकसहित रेलिगेसन जोनमा रहेको छ । आज प्रिमियर लिगमा दुई खेल हुँदैछन् । म्यान्चेष्टर युनाइटेडले टोटेनह्याम र बर्नेमाउथले एभर्टनसंग प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search