एम्बापे र काभानी चम्कंदा पीएसजीको सहज जीत

काठमाण्डौ । पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रान्सेली लिग वानमा जीत निकालेको छ । गएराति भएको खेलमा पीएसजीले एमियन्सलाई ३–० ले पराजित गरेको हो । 

घरेलु मैदानमा भएको खेलमा ईडिन्सन काभानी र केलियन एम्बापेले उत्कृष्ट प्रर्दशन गरका थिए । नेयमार पछिल्लो समय पूर्व क्लब बार्सिलोना फर्कने चर्चाबाट पीएसजी पिरोलिएको छ उक्त खेलमा नेयमार उपस्थित थिएनन् । खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । १० खेलाडीमा सिमित एमियन्सलाई दोस्रो हाफमा पीएसजीले ३ गोल गरेको थियो ।

खेलको ५७ औ मिनेटमा काभानीले पेनाल्टीमा गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । ७० औ मिनेटमा एम्बाप्पेले पीएसजीको अग्रता दोब्बर बनाए । मार्क्युनोसले ७९ औ मिनेटमा गोल गर्दै पीएसजीको जीत सुनिश्चित गरेका थिए । शीर्ष स्थानको पीएसजीले १८ खेलबाट ५० अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search