रुकुममा विभत्स घटना, आमाको शव जंगलमा २० महिनाका बालकको शव रुखमा

रुकुम । रुकुमको सिस्नेमा एउटा विभत्स घटना घटेको छ । सिस्ने गाउँपालिकाकी ३० वर्षीया रेनुका केसी शाहको शव जंगलमा र छोरा झुण्डिएको अबस्थामा फेला परेका छन् । २० महीनाका नाबालक छोरा एटियम जङ्गलको रुखमा झुण्डिएको अबस्थामा भेटिएका छन् । भने आमाको शव जमिनमा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।
दुई दिनअघि रेनुका औषधी उपचार गर्न भन्दै नेपालगञ्ज हिडेकी थिइन । घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा भन्ने जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा प्रहरीले फेला पारेको छ ।
दाउरा काट्न जङ्गल गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना के कारणले भयो भन्ने थाहा भइनसकेको भएपनि आमाले आफु र छोरासँगै आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search